काठमाडौँ। नेकपा एमालेको पार्टी कार्यालय ललितपुर च्यासलमा चिनियाँ पेस्तोल फेला परेको छ। प्रहरीका अनुसार सरसफाइ गर्ने क्रममा मंगलबार दिउँसो पार्टी कार्यालयमा पेस्तोल भेटिएको हो।
प्रहरीबाट लुटेको चिनियाँ पेस्तोल फेला परेपछि प्रहरी पुगेर अनुसन्धान थालेको छ। “पेस्तोल फेला परेको खबर आएपछि टोली गएर अनुसन्धान थालेको छ,” जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीले नेपालन्युजलाई भने, “खिया लागेको अवस्थामा पेस्तोल भेटिएको छ।”
पेस्तोलमा म्यागजिन थिएन। जोशीले प्रहरीबाटै लुटिएको हतियार रहेको भए पनि कुन कार्यालयको हो भन्ने खुलिनसकेको बताए। २४ भदौको जेन-जी आन्दोलनका क्रममा एमाले मुख्यालय च्यासलमा आगजनी भएको थियो।