सुर्खेत। जाजरकोटको जाजरकोटको बारेकोट ८‚ मिरिकोट खारा जङ्गलमा गोली लागेर प्रचण्डदेव सिंहको मृत्यु भएको छ। उनको मृत्यु यही १३ पुसमा गोली लागेर भएको हो। उनको मृत्युपछि प्रहरीले पाँच सिकारीलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार मृतक प्रचण्डदेवसहित सोही वडाका ४५ वर्षीय इन्द्रबहादुर सिंह‚ ५४ वर्षीय मीमबहादुर सिंह‚ २४ वर्षीय राजीव शाही‚ ४४ वर्षीय जनक कार्की‚ ३१ वर्षीय लालबहादुर सिंह एकसाथ सिकार खेल्न जंगल गएका थिए।
सिकार खेल्न गएका ६ जनामध्ये प्रचण्डदेवलाई गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधीरकुमार खडकाले जानकारी दिए। पक्राउ परेकाबाट तीन थान भरुवा बन्दुक, फलामको दुई थान चक्कु, बारुद १३५.१८ ग्राम, भरुवा बन्दुकमा प्रयोग हुने ११ थान गोली बरामत गरिएको सूचना अधिकारी खड्काले जानकारी दिए।
पक्राउ परेकालाई आजै (बुधबार) हतियार तथा खरखजाना मुद्दामा जिल्ला अदालतमा सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ।