काठमाडौँ
००:००:००
१६ पुष २०८२, बुधबार

१६ पुष २०८२
अ+
अ-

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज (बुधबार) १०.८९ अंकले बढेर २‚६३३.७८ विन्दुमा अडिएको छ। अघिल्लो दिनको तुलनामा आज नेप्से ०.४१ प्रतिशतले बढेको हो।

यस्तै सेन्सेटिभ इन्डेक्स ०.३१ प्रतिशतले बढेर ४५६.७३ विन्दुमा रोकिएको छ। साताको पहिलो कारोबार दिन आइतबार ४७.५५ अंकले बढेको नेप्से सोमबार भने १०.५३ अंकले ओरालो लागेको थियो। मंगलबार सार्वजनिक बिदा भएका कारण नेप्से पनि बन्द रह्यो।

आज ३४२ कम्पनीको ६३ हजार ९८१ पटकको कारोबारमा एक करोड १९ लाख ४६ हजार ३३३ कित्ता सेयर किनबेच भए। जसमा आज पाँच अर्ब १३ करोड ४८ लाख ५० हजार ५२ कित्ता सेयर किनबेच भयो।

नेप्सेमा आइतबार पाँच अर्ब ५३ करोड १३ लाख ७० हजार ६१ रुपैयाँ र सोमबार चार अर्ब ७७ करोड ४७ लाख ८६ हजार ३४ रुपैयाँको कारोबार भएको थियो।

नेप्सेमा आज १३ वटै समूहका सूचक हरियाली बनेका छन्। जसअनुसार वाणिज्य बैंक समूहको ०.२५‚ विकास बैंक ०.४४ प्रतिशतले बढ्यो। यस्तै फाइनान्स ०.०६‚ होटेल तथा पर्यटन ०.९२‚ जलविद्युत् ०.२३, लगानी ०.२०‚ जीवन बिमा ०.५३, उत्पादन तथा प्रशोधन १.६१, लघुवित्त ०.३२ प्रतिशतले बढे। यस्तै म्युचुअल फन्ड भने ०.४७‚ निर्जीवन बिमा ०.३७‚ अन्य ०.३४ तथा व्यापार ०.३३ प्रतिशतले बढे।

नेप्सेमा आइतबार १६३ कम्पनीको मूल्य बढ्दा ८९ वटाको घट्यो। आठ कम्पनीको मूल्य भने स्थिर रह्यो। जसअनुसार एसवाई प्यानल नेपाल लिमिडेडको सेयर मूल्य आज पनि १० प्रतिशतले बढ्यो। अर्थात् सकारात्मक सर्किट लाग्यो। एसवाईको सेयरमूल्यमा सोमबार पनि सकारात्मक सर्किट लागेको थियो। एसवाईको अन्तिम कारोबार मूल्य ९६८ रुपैयाँ रह्यो। साथै न्यादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य पनि १० प्रतिशतले बढेको छ। न्यादीको अन्तिम सेयरमूल्य ४१० रुपैयाँ कायम रह्यो।

यस्तै आज पनि विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमा नेगेटिभ सर्किट लाग्यो। अर्थात विन नेपालको मूल्य १० प्रतिशतले घट्यो। विन नेपालको सेयर मूल्यमा आइतबार र सोमबार पनि नेगेटिभ सर्किट लागेको थियो। यसको आज अन्तिम कारोबार मूल्य १‚३४६ रुपैयाँमा अडियो।

आज सबैभन्दा धेरै ग्रिन भेन्चर लिमिटेडको सेयर कारोबार भयो। आज यसको १७ करोड ७९ लाख तीन हजार ४१३ रुपैयाँको सेयर कारोबार भएको छ। जसको अन्तिम सेयर मूल्य प्रतिकित्ता ५१० रुपैयाँ कायम रह्यो।