काठमाडौँ
००:००:००
१६ पुष २०८२, बुधबार

१६ पुष २०८२
अ+
अ-

काठमाडौँ। देशव्यापी रूपमा २३ माघबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कुमारी’को तेस्रो गीत ‘डोको बुन्ने…’ सार्वजनिक गरिएको छ।

नयाँ बानेश्वरस्थित वन सिनेमाजमा बुधबार आयोजित समारोहमा गीत सार्वजनिक गरिएको हो। यसअघि सार्वजनिक भएका ‘कता छौ मेरो फूल’ र ‘तिमीबिना’ गीतले पाएको सफलतापछि निर्माण टिमले लोकशैलीको यो नयाँ सिर्जना दर्शकमाझ ल्याएको हो।

‘डोको बुन्ने…’ गीतमा गायक केहरसिंह लिम्बूको स्वर छ। यसमा सागर लामिछाने मगर र सुमन तामाङका शब्द समेटिएका छन्। सुमन तामाङ र केहरसिंह लिम्बूले नै सङ्गीत भरेको यस गीतलाई रिकेश गुरुङले अडियो प्रोडक्सन तथा मिक्सिङ र मास्टरिङ गरेका हुन्।

शिशिर खातीको कोरियोग्राफी रहेको यस गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू अभिषेक खड्का र आकृति राजभण्डारीलाई पुराना दिनको शैलीमा प्रस्तुत गरिएको छ। गीतले नवयुवाबीच मौलाएको प्रेम भावलाई सुन्दर ढङ्गले बोलेको छ।

खड्का र राजभण्डारीले यस चलचित्रबाट डेब्यु गरेका हुन्। चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन्। कार्यकारी निर्माता केदार भुसाल हुन्।