काठमाडौँ
००:००:००
१६ पुष २०८२, बुधबार

१६ पुष २०८२
तस्बिरहरू : रासस
अ+
अ-

काठमाडौँ। अङ्ग्रेजी नयाँ वर्ष २०२६ को पूर्वसन्ध्यामा बुधबार साँझ काठमाडौँको ठमेलमा नयाँ वर्ष मनाउन आएका आन्तरिक पर्यटकहरुको चहलपहल देखिएको छ।

विश्वसम्पदामा सूचीकृत काठमाडौं उपत्यकाका भक्तपुर, पाटन, स्वयम्भू, पशुपति र वसन्तपुरलगायत राजधानीका मुख्य पर्यटकीयस्थल घुमेपछि पर्यटकको बासस्थानको मुख्य रोजाइ ठमेल नै मानिन्छ ।

अंग्रेजी नयाँ वर्षमा अमेरिका‚ युरोप‚ चीन‚ भारत‚ बंगलादेशलगायत मुलुकबाट पर्यटक नेपाल आउने गर्छन्। राजधानीपछि पर्यटकको रोजाइमा पोखरा‚ अन्नपूर्ण क्षेत्र‚ लुम्बिनी‚ चितवन र सगरमाथा आधार शिविर क्षेत्रलगायत पर्छन्। भोलि (बिहीबार) बाट अंग्रेजी नयाँ वर्ष सुरु हुँदै छ।