काठमाडौँ। विशेष अदालतले पूर्वसामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउन बुधबार आदेश दिएको प्रवक्ता कृष्णशरण लमिछानेले नेपालन्युजलाई जानकारी दिए।
७८ लाख रुपैयाँको घुसकाण्डको अडियो सार्वजनिक भएपछि उनीमाथि अख्तियारले अनुसन्धान थालेको हो।
कर्मचारीहरूको सरुवा तथा भूमिसुधार मन्त्रालयअन्तर्गतको मालपोत अधिकृतको सरुवा गराउने विषयमा गुप्ताले घुस ‘डिल’ गरेको अडियो सार्वजनिक भएपछि अख्तियारले अनुसन्धान थालेको हो।