काठमाडौँ
००:००:००
१६ पुष २०८२, बुधबार

१६ पुष २०८२
अ+
अ-

काठमाडौँ। आफूलाई डार्क फाइल नेपाल अभियानका अभियन्ता बताउने राजकुमार तिमल्सिना पक्राउ परेका छन्।

न्यायाधीशहरूलाई सामाजिक सञ्जालबाट धम्की दिएको आरोपमा तिमल्सिनालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध कार्यालयले जनाएको छ। कार्यालयको टोलीले ललितपुर गोदावरीका तिमल्सिनालाई पोखराबाट बुधबार पक्राउ गरेको एसएसपी रमेशकुमार बस्नेतले बताए। “सामाजिक सञ्जालबाट न्यायाधीशहरूलाई धम्की दिएको आरोपमा उनलाई पक्राउ गरिएको छ,” बस्नेतले नेपालन्युजलाई भने, “आजै काठमाडौँ ल्याउने तयारी छ।”

सिधाकुरा जनताले पोस्ट गरेको ‘डार्क फाइल’ नामको नक्कली अडियो घटनामा तिम्सिना मुछिएका थिए। उनलाई सर्वोच्च अदालतले दोषी ठकर गरेको थियो। प्रहरीले उनलाई ५ साउनमा पक्राउ गरेपछि केन्द्रीय कारागार सुन्धारा चलान भएका उनी जेन-जी आन्दोलनका क्रममा फरार भएका थिए।

जेलबाट फरार भएपछि उनले पछिल्लो समय न्यायाधीशहरूलाई धम्की दिएको बस्नेतले बताए।