काठमाडौँ
००:००:००
१६ पुष २०८२, बुधबार

१६ पुष २०८२
फाइल फोटो
अ+
अ-

हेटौंडा। मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा ३० बिघामा लगाइएको गाँजा र अफिमखेती प्रहरीले नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुुष्कर बोगटीका अनुसार अभियान नै सञ्चालन गरेर २१ बिघामा लगाइएको गाँजा र नौ बिघामा लगाइएको अफिम नष्ट गरिएको हो।

अभियानका क्रममा राक्सिराङ गाउँपालिका–१, ६, ७ र ८ तथा कैलाश गाउँपालिका–१, २, ३, ५, ६ र ९ का विभिन्न स्थानमा गरिएको गाँजा र अफिमखेती फडानी गरी नष्ट गरिएको होे।

गाँजा फडानी अभियानलाई निरन्तरता दिइने छ।