काठमाडौँ
००:००:००
१६ पुष २०८२, बुधबार

१६ पुष २०८२
अ+
अ-

काठमाडौँ । नेकपा (एमाले) का नेता वासुदेव घिमिरेले पार्टीसँगको सम्बन्ध अन्त्य गर्ने निर्णय सार्वजनिक गरेका छन् । उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै आफू आजको दिनदेखि पार्टीको जिम्मेवारीबाट अलग भएको जानकारी गराएका हुन् ।

घिमिरेले आफ्नो वक्तव्यमा देशप्रतिको दृढ निष्ठा, सुशासन, विकास र समृद्धि नै स्वस्थ राजनीतिको आधार भएको उल्लेख गरेका छन् । तर पुराना राजनीतिक दलहरूको शीर्ष नेतृत्वले आम नागरिकको भावना, आकांक्षा र चाहनालाई सम्बोधन गर्न असफल भएको निष्कर्षमा आफू पुगेको उनको भनाइ छ ।

यही कारण देखाउँदै उनले आफू आबद्ध रहेको पार्टीमा रहिरहन उपयुक्त नठानी पार्टीको जिम्मेवारीबाट अलग हुने निर्णय लिएको बताएका छन् । जनताको अपेक्षाअनुसार राजनीतिक नेतृत्व अघि बढ्न नसक्दा यस्तो कदम चाल्नुपरेको उनले उल्लेख गरेका छन् ।