काठमाडौँ
००:००:००
७ माघ २०८२, बुधबार

१७ पुष २०८२
रमेश लेखक।
अ+
अ-

काठमाडौँ। जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकमाथि लगाएको स्थानहद फुकुवा गरेको छ।

आयोगले लेखकमाथि लगाइएको स्थानहद बिहीबार फुकुवा गरेको हो। लेखकलाई २१ असोजमा आयोगले स्थानहद लागु गरेको थियो। लेखकलाई स्थानहदको अवधिमा विदेश भ्रमण र स्वीकृतिबेगर राजधानी छाड्न नपाउने गरी स्थानहद लागु गरिएको थियो।

लेखकमाथि बयान सकिएलगत्तै स्थानहद फुकुवा गरिएको आयोगले जनाएको छ। २३ र २४ भदौको जेन-जी आन्दोलनताका लेखक गृहमन्त्री थिए। २६ भदौमा सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएपछि गठित आयोगले १५० जनाको बयान लिइसकेको छ।

आयोगले अब त्यतिबेलाका प्रधानमन्त्री केपी ओलीसँग मात्रै बयान लिन बाँकी छ।