काठमाडौँ
००:००:००
७ माघ २०८२, बुधबार

सहकारी ठगी

१७ पुष २०८२
सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछाने। फाइल तस्बिर।
अ+
अ-

काठमाडौँ। उच्च अदालत पाटनले संगठित रूपमा ठगीसम्बन्धी मुद्दामा रवि लामिछाने, छविलाल जोशी, सुनीता नेवा: र कमल लामाको मुद्दामा काठमाडौं जिल्ला अदालतले मागेको धरौटी सदर गरेको छ।

न्यायाधीश खडानन्द तिवारी र दीपककुमार खरेलको संयुक्त इजलासले आज (बिहीबार) लामिछानेलगायत तारेखमा रहेकाले पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने हुँदा जिल्लाको आदेश बदर नहुने आदेश गरेको हो।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ अनुसार काठमाडौं जिल्ला अदालतले मागेको धरौटी सही भएको ठहर्‍याएको छ। लामिछानेसहितले आफूहरूलाई जिल्ला अदालतले मागेको धरौटी गलत भएको र धरौटीबिनै मुद्दा लड्न पाउनुपर्ने माग गर्दै उच्चमा निवेदन दिएका थिए।

२ माघ २०८१ मा लामिछानेलाई जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको थियो । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ३९ जनालाई मुद्दा दर्ता गरिएको थियो ।