काठमाडौं । सन् २०२५ को अवधिमा नेपालमा १० लाखभन्दा बढी विदेशी पर्यटक आगमन भएको छ। अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त वर्ष १० लाख १५ हजार ३७८ विदेशी नागरिक नेपाल भित्रिएका छन्।
यसै अवधिमा ९ लाख ८२ हजार ५६१ विदेशी नागरिक नेपालबाट बाहिरिएको अभिलेख छ। नेपाल आउने विदेशीहरू प्रायः पर्यटन उद्देश्यले आउने गरेको अध्यागमन विभागले जनाएको छ।
अध्यागमन विभागले पर्यटक भिसा, श्रम भिसा, अध्ययन भिसालगायत करिब १० किसिमका भिसा सेवा विदेशी नागरिकलाई प्रदान गर्दै आएको छ।