काठमाडौँ
००:००:००
१८ पुष २०८२, शुक्रबार

१८ पुष २०८२
अ+
अ-

काठमाडौं। डा. निकोलस भुसाल र हरिश विष्टसँग सरकारबीच ६ बुँदे सम्झौता भएपछि ११औँ दिनमा अनशन तोडिएको छ। प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार बालुवाटारमा दुवै जनालाई जुस खुवाएर अनसन अन्त्य गराएकी हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सहमतिपत्रमा डा. भुसाल र विष्टसँगै सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले हस्ताक्षर गरेका छन्।

डा. भुसाल र विष्टले २१ फागुनमा तय गरिएको निर्वाचन स्थगित गरी प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचन गरिनुपर्ने, भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्नुपर्ने, तथा विभिन्न अभियोगमा प्रहरी नियन्त्रणमा रहेका जेनजी आन्दोलनमा सहभागी युवाहरूलाई तत्काल रिहा गर्नुपर्ने माग राख्दै अनशन सुरु गरेका हुन्।