काठमाडौं। काठमाडौंबाट चन्द्रगढी विमानस्थलका लागि उडेको बुद्ध एयरको एटिआर ७२ जहाज शुक्रबार राति करिब ९:०६ बजे अवतरणका क्रममा दुर्घटनामा परेको छ।
झापा प्रहरी प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काका अनुसार जहाज रनवेबाट करिब २० मिटर पूर्वतर्फ चिप्लिएर विमानस्थलको घेराबाहिर खोल्सामा पुगेको हो। दुर्घटनाबाट जहाजमा सामान्य क्षति पुगेको बताइएको छ।
त्रिभुवन विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार जहाज राति ९ बजेर ६ मिनेटमा अवतरण भएको थियो। अवतरणका क्रममा जहाज रनवेबाट बाहिर चिप्लिएको थियो। जहाजमा ५६ जना यात्रु थिए। सबै जना सकुशल रहेको उनले बताए।