काठमाडौँ
००:००:००
१८ पुष २०८२, शुक्रबार

१८ पुष २०८२
अ+
अ-

काठमाडौं। साबिक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै उपाधिनजिक पुगेको हो। योसँगै हेल्प नेपालले शबिार हुने फाइनलमा रुकुम पश्चिम र आर्मीबीचको विजेतासँग खेल्नेछ। यी दुईले शुक्रबार नै दोस्रो सेमिफाइन खेल्दैछन्।

पुलिसले तीनवटै सेटमा चुनौती दिएको थियो। तर, जित भने हासिल गर्न सकेन। हेल्प नेपालले पहिलो सेट २५–२१ मा जितेको थियो। तर, पुलिसले दोस्रो सेट चुनौतीपूर्ण बनायो। उक्त सेट पनि हेल्प नेपालले २५–२३ ले आफ्नो बनाउँदै २–० को अग्रता लियो। तेस्रो सेट पुनस् रोमाञ्चक बने पनि हेल्प नेपाल २५–२२ ले जित्न सफल रह्यो।