काठमाडौँ
००:००:००
१८ पुष २०८२, शुक्रबार

१८ पुष २०८२
अ+
अ-

काठमाडौ। साबिक विजेता हेल्प नेपालाई नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले चुनौती पेस गर्ने भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा रुकुम पश्चिमलाई ३–२ को सेटमा पराजित गर्दै आर्मीले हेल्प नेपालसँगको भेट पक्का गरेको हो।

सोही कोर्टमा शुक्रबार नै सम्पन्न पहिलो सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटले पराजित गर्दै हेल्प नेपाल उपाधि रक्षानजिक पुगिसकेको छ।

तीन पाकिस्तानी खेलाडी खेलाएको रुकुम पश्चिमले भने आर्मीलाई चुनौती दिएको थियो। तर, अन्तत: आर्मीले खेलमा बाजी मार्‍यो।

पहिलो सेट आर्मीले २५–२० ले आफ्नो बनाएको थियो। तर, त्यसपछिका दुई सेट २३–२५ र १५–२५ ले गुमाउन पुग्यो। योसँगै खेलमा रुकुम पश्चिमले २–१ को अग्रता लिएको थियो। चौथो सेटमा जितनजिक पुगेर पनि रुकुम पश्चिम २६–२४ ले पराजित हुन पुग्यो।

योसँगै खेल पाँचौं सेटमा लम्बिनयो। तर, आर्मीले १५–१२ को जित हात पार्दै रुकुम पश्चिमलाई निराश बनायो।