काठमाडौँ
००:००:००
२९ पुष २०८२, मंगलवार

१८ पुष २०८२
अ+
अ-

काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को सचिव पदमा सुरज सिलवालले उम्मेदवारी घोषणा गरेका छन्। हाल इक्यानका केन्द्रीय सदस्य रहेका सिलवालले संस्थाको आगामी नेतृत्वका लागि आफ्नो दाबी प्रस्तुत गरेका हुन्।

इक्यानको नयाँ कार्यसमिति चयनका लागि आगामी २८ पुसमा निर्वाचन हुन लागेको छ। सो निर्वाचनमार्फत संघको नयाँ नेतृत्व चयन गरिनेछ।

विगत १५ वर्षदेखि शैक्षिक परामर्श व्यवसायमा सक्रिय रहेका सिलवाल कनेक्ट ग्लोब एजुकेशन ग्रुप (सीजीईजी)का संस्थापक तथा सञ्चालक हुन्। उनले शैक्षिक परामर्श क्षेत्रमा गुणस्तरीय सेवा, पारदर्शिता र व्यावसायिक नैतिकतालाई प्राथमिकता दिँदै विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि सही र भरोसायोग्य मार्गदर्शन प्रदान गर्दै आएको उल्लेख गरेका छन्।

“व्यावसायिक अनुभवसहित पछिल्लो १० वर्षदेखि साधारण सदस्यका रूपमा इक्यानमा आबद्ध रहँदै आएको छु,” सिलवाल भन्छन्, “आगामी दिनमा पनि विगतमा जस्तै विश्वास र भरोसा सबै सदस्यबाट पाउने आशा राखेको छु।”

सिलवालले आगामी कार्यकालमा पनि संस्थाको हितलाई केन्द्रमा राखी निष्ठा, इमान्दारिता, पारदर्शिता र उत्तरदायित्वका साथ सचिव पदको जिम्मेवारी बहन गर्न तयार रहेको उल्लेख गरेका छन्।

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर इक्यानको संस्थागत हित र सम्पूर्ण सदस्यहरूको साझा आवाज बन्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन्।

सचिव पदका लागि उम्मेदवारी घोषणासँगै सिलवालले आफ्नो संस्थागत प्रतिबद्धता तथा कार्ययोजना पनि सार्वजनिक गरेका छन्।