काठमाडौँ। धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण सम्पन्न गर्न नसकेर अलपत्र छोडेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अहिले पुन: सुरु भएको छ। भरतपुर महानगरपालिकाले स्वामित्व लिएपछि काम सुरु भएको हो।
आयोजनाका इन्जिनियर सन्तोष आचार्यका अनुसार अहिले पिलर र प्यारापेटको काम भइरहेको छ। आगामी चैतसम्म स्ट्रक्चर निर्माणको काम सक्ने लक्ष्य छ। त्यसपछि फिनिसिङ र ग्राउन्डको काम हुनेछ। यसका लागि ६ महिनाजति लाग्ने अनुमान छ। तोकिएको समयमै काम सक्ने गरी काम भइरहेको इन्जिनियर आचार्यले बताए।
धुर्मस-सुन्तली फाउन्डेसनले बजेट अभाव भएको भन्दै २२ साउन २०७८ बाट पूर्ण रूपमा काम रोकेको थियो। रंगशालाको काम ३९ प्रतिशत भएपछि बजेट अभावलाई कारण देखाउँदै अलपत्र अवस्थामै भरतपुर महानगरलाई हस्तान्तरण गरेको थियो।
हेर्नुहोस् थप तस्बिर :







