काठमाडौँ। राजधानीको उत्तरपूर्वी भेकस्थित साँखुमा रहेको सालीनदीमा एकमहिने माधवनारायण मेला सुरु भएको छ।
पौष शुक्ल पूर्णिमादेखि सुरु हुने मेलामा हजारौँ भक्तजनको उपस्थिति रहेको मेला व्यवस्थापन समितिले जनाएको छ। माधवनारायण मेलामा १७५ ले व्रत गरिरहेको समितिका अध्यक्ष विकासमान सिंहले जानकारी दिए।
मेलामा महिला १६२ र पुरुष १३ को सहभागिता छ। मेला १८ माघसम्म सञ्चालन हुनेछ। मेलाको पहिलो दिन दाताको सहयोगमा नगरकोट डाँडाबाट पुष्पवृष्टिसमेत गरिएको समितिले जनाएको छ।
मेलामा सालीनदीमा स्नानसहित माधवनारायण र स्वस्थानी माताको पूजा, आराधना आकर्षणको केन्द्रमा रहने गरेको छ। मेलामा विशेषगरी शनिबार बढी भक्तजनको उपस्थिति रहने गर्छ।
यो पनि…
सुरु भयो श्री माधवनारायण स्वस्थानी व्रत, पौराणिक सहर साँखुमा पहिलो दिनदेखि भक्तजनको भीड