काठमाडौँ। भेनेजुएलामा अमेरिकी आक्रमणपछि राजधानी काराकासका सडकहरूमा डरको वातावरण व्याप्त छ। मानिसहरू मुस्किलले प्रतिक्रिया दिन्छन्। औषधि पसल र सुपरमार्केटमा लामो लाइनहरू देखिन्छन्।
बिहानको अधिकांश समयमा चौबीस घण्टा खुल्ने सुपरमार्केटहरू बन्द थिए। मानिसहरू पुन: खुल्छन् कि भन्ने प्रतीक्षामा थिए।
एक महिलाले मलाई नम्र स्वरमा सोधिन्‚ “के भयो थाहा छ?” उनी आफ्नो औषधि किन्न बाहिर गएकी थिइन्, तर चौबीसै घण्टा चल्ने फार्मेसी बन्द भएको पाइन्।

उनले भनिन्‚ “कृपया मेरो भनाइ रेकर्ड नगर्नुहोस्।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरेको घोषणा गर्दै सामाजिक सञ्जालमा सन्देश प्रसारित हुन थालेपछि नजिकैका धेरै भवनको बाल्कोनीमा जयजयकार सुनियो। तर हंगामा केही सेकेन्ड मात्र रह्यो।

भेनेजुएलाको राजधानी काराकासको एक सडक। गेट्टी इमेज