काठमाडौँ। भारतीय अभिनेत्री श्वेता तिवारी ४५ वर्षीय पुगिन्। उनको ‘ड्रेसअप’ ले प्रशंसकहरूको मन जितेको छ।
बिदा मनाउन विदेश पुगेकी श्वेताले आफ्ना तस्बिरहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन्। सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरमा उनका प्रशंसकले तस्बिरमा झनै सुन्दर देखिएको भन्दै कमेन्ट गरेका छन्।
श्वेताको स्टाइलिस लुकले प्रशंसकलाई लट्ठ बनाएको छ। उनले आफ्नो फेसन सेन्स बढाएकी छन्। टेलिभिजनको पर्दामा संस्कारी बुहारीका रूपमा उदाएकी उनको छवि पनि परिवर्तन भएको छ। उनको ग्ल्यामरस लुकका साथ अब अन्य अभिनेत्रीहरूसँग दाँज्ने गरिन्छ। श्वेताको नयाँ लुक्सले पनि यही प्रमाणित गर्छ।
उनी अंग्रेजी नयाँ वर्ष मनाउन विदेश गएकी हुन्। त्यहाँबाटै उनले आफ्ना तस्बिरहरू सामाजिक सञ्जालमा अपलोड गरिरहेकी छन्।
जिन्समा ग्ल्यामर
सामाजिक सञ्जालमा ४५ वर्षीया श्वेता निकै सक्रिय छिन्। उनले युट्युबमा भ्लगहरू बनाउन पनि थालेकी छन्। फलस्वरूप उनका तस्बिरहरू हरेक दिन भाइरल हुन्छन्। कहिले उनी स्टाइलिस पोसाकमा देखिन्छिन्। कहिले बिकिनीमा। तर यसपटक उनले जिन्सलाई ज्याकेटसँग जोडेर आफ्नो ग्ल्यामरस रूप (पक्ष) देखाइन् ।
हेर्नुहोस् थप तस्बिर :




