काठमाडौँ
००:००:००
२० पुष २०८२, आईतवार

१९ पुष २०८२
अ+
अ-

काराकस। अमेरिकाले आफ्ना नागरिक तथा सैनिक क्षेत्रहरूमा आक्रमण गरेको भेनेजुएलाले आरोप लगाएको छ।

करिब ३० मिनेटको अन्तरालमा विस्फोट भएका थिए। केही क्षेत्रमा बिजुली गएको थियो, तर सडकमा सवारीसाधनहरू सामान्य रूपमा चलिरहेका थिए।

राजधानीको एक सैन्य क्षेत्रबाट धुवाँ उडेको देखियो। २१ वर्षीया कारमेन हिडाल्गोले भनिन्‚ “सारा जमिन हल्लियो। यो अनुभव अत्यन्त डर लाग्दो थियो। हामीले विस्फोट र विमान देख्यौं।”

राष्ट्रपति निकोलस मादुरोले आफ्ना समर्थकलाई सडकमा आउन र ‘साम्राज्यवादी आक्रमण’ को विरोध गर्न आह्वान गरेका छन्।

सरकारले सबै राष्ट्रिय सुरक्षा योजना लागु गर्न आदेश दिएको छ। भेनेजुएलामा बाह्य सङ्कटको घोषणा गरिएको छ। यसअघि अमेरिकी सेनाले ड्रग तस्करी गर्ने डुंगाहरूलाई निशाना बनाएको थियो। मादुरोले अमेरिकाले भेनेजुएलामा सरकार परिवर्तन गर्न र देशका तेल स्रोतमा पहुँच बनाउन खोजेको आरोप लगाएका छन्।