काठमाडौँ
००:००:००
२३ पुष २०८२, बुधबार

२० पुष २०८२
अ+
अ-

काठमाडौँ। चीनको नान्जिङमा भएको एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १०औँ मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा नेपाली खेलाडीले ४ स्वर्ण, ७ रजत र १५ कास्य गरी २६ पदक जितेका छन्। गेरोगी, पुम्से र स्पिड किकमा खेलाडीले पदक जितेका हुन्।

जोलिना बस्नेत, हृदयानी बस्नेत, कैरवप्रसाद लोहनी र गीता विष्टले स्वर्ण जिते। आश्रय उपाध्याय, सक्षम श्रेष्ठ, आयाम पौडेल, मेघानी घतानी, जिग्मे तेन्जिङ शेर्पा, दीपक दुलाल र रन्जिता भुसालले रजत हात पारे।

एभिनजंग केसी, आरभी ज्ञवाली, यत्ना तिम्सिना, इनाया महर्जन, माइरा कार्की, श्रेयान कार्की, युजेन तामाङ, सोहन पाठक, एन्जल राई, जोसेफ गुरुङ, योन्डेन तामाङ, युब्साङ तामाङ, रिन्जेन आक्याङमी थामी, रियान्स बस्नेत र जाम्याङ तेन्जिङ शेर्पाले कास्य प्राप्त गरे। सरोज तामाङ र विकेश बिडारी टोली प्रशिक्षकको जिम्मेवारीमा थिए।