काठमाडौँ
००:००:००
२१ पुष २०८२, सोमबार

२० पुष २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

मकवानपुर। हेटौँडा-काठमाडौँ जोड्ने भीमफेदी-कुलेखानी-काठमाडौँ सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका ६‚ जुरीखेतस्थित सडकमा आज साँझ भएको गाडी (सुमो) दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।

काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना.१ज १७७८ नम्बरको यात्रुवाहक सुमो गाडी दुर्घटना हुँदा घाइते भएका नौ जनामध्ये ६ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता (प्रहरी नायब उपरीक्षक) पुष्कर बोगटीले जानकारी दिए। मृतकहरूको पूर्ण परिचय खुल्न बाँकी छ।

प्रवक्त बोगटीका अनुसार घाइतेलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याइएको थियो। तीन जनाको भने हेटौँडा अस्पतालमै उपचार भइरहेको छ।