काठमाडौँ। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा आर्सनलले बर्नमाउथलाई हराएको छ ।
गएराति भएको खेलमा आर्सनलले बर्नमाउथलाई ३–२ गोलले हराएको हो।
आर्सनलको जितमा डेक्लान राइसले खेलको ५४ औँ र ७१ औँ मिनेटमा दुई निर्णायक गोल गरे। त्यसअघि खेलको १६ औँ मिनेटमा गाब्रिएल म्यागाल्हाइसले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।
बोर्नमाउथका लागि इभानिल्सनले १० औँ र एलि जुनियर क्रुपीले ७६ औँ मिनेटमा गोल गरे पनि हार टार्न सकेनन्। यो जितसँगै आर्सनल २० खेलबाट ४८ अङ्क जोड्दै शीर्ष स्थानमा कायमै छ।
जितपछि शीर्षस्थानको आर्सनलको २० खेलमा ४८ अंक भएको छ र ६ अंकको अग्रता बनाएको छ। दोस्रो स्थानको एस्टन भिल्लाको ४२ अंक छ भने तेस्रो स्थानको सिटीको १९ खेलमा ४१ अंक छ।
पराजित बर्नमाउथको २० खेलमा २३ अंकसहित १५औं स्थानमा छ।