काठमाडाैं। इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला दोस्रो स्थानमा उक्लिएको छ।
गएराती सम्पन्न खेलमा एस्टन भिल्लाले नोट्टीङघाम लाई ३-१ गोल अन्तरले पराजित गरेको हो।
एस्टन भिल्लाको जितमा जोन म्याकगिनले २ गोल गरेका थिए भने ओली वाटकिन्सले एक गोल गरेका थिए। त्यसैगरी नोट्टीङघमका लागि एक गोल मोर्गन गिब्स ह्वाइटले गरेका थिए।
यो जितपछि एस्टन भिल्लाको २० खेलमा ४२ अंक भएको छ र लिगमा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै नोट्टीङघमको २० खेलमा १८ अंक रहेको छ र हाल लिगमा १७औं स्थानमा रहेको छ ।