काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसीसी महिला टी-ट्वेन्टी विश्वकप २०२६ को छनोट खेल्ने १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ।
क्यानले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको जनाएको छ। टोलीको उपकप्तानको जिम्मेवारी पूजा महतोलाई दिएको छ।
घोषित खेलाडीमा रुबिना क्षेत्री, सीता रानामगर, विन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, राजमती ऐरी र मनीषा उपाध्याय छन्।
विश्वकप २०२६ छनोट यही १४ जनवरीदेखि १ फेब्रुअरीसम्म नेपालमै आयोजना हुँदै छ। प्रतियोगिताका खेल त्रिवि क्रिकेट मैदान तथा मूलपानी मैदानमा सञ्चालन हुनेछन्।