काठमाडौँ। केन्द्रीय सुरक्षा समितिको नियमित बैठक गृह मन्त्रालयमा बसिरहेको छ।
देशका विभिन्न ठाउँमा पछिल्ला दिनमा देखिएका केही सामाजिक र धार्मिक घटनाक्रमको समीक्षा र वस्तुस्थितिको समग्र आकलन र सुरक्षा रणनीतिबारे बुझ्न गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बैठक बसेको हो।