काठमाडौँ
००:००:००
२९ पुष २०८२, मंगलवार

भेनेजुएलाको सार्वभौमिकताका ग्यारेन्टीका लागि पोप लियोको अपिल

२० पुष २०८२
अ+
अ-

काठमाडौँ। क्रिश्चियन धर्मगुरु पोप लियोले भेनेजुएलाको सार्वभौमिकताको ग्यारेन्टीका लागि अपिल गरेका छन्। उनले भेनेजुएलाका जनताको हित अन्य चिन्ताहरूभन्दा बढी महत्त्वपूर्ण रहेको बताएका छन्।

लियो दुई दशकदेखि दक्षिण अमेरिकामा सेवा गर्ने पहिलो अमेरिकी पोप हुन्। आफूले भेनेजुएलामा भएका घटनाक्रमहरूलाई नजिकबाट निगरानी गरिरहेको बताएका छन्।

यसअघि चीनले पनि अमेरिकाले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको र दक्षिण अमेरिकी क्षेत्रका लागि खतरा खडा गरेको भन्दै भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको तत्काल रिहाको माग गरेको थियो। -बीबीसी