काठमाडौं ।भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी पाएकी छन् ।
अमेरिकाले राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्याएपछि उपराष्ट्रपति रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी पाएकी हुन् ।
रोयटर्सका अनुसार त्यहाँको सर्वोच्च अदालतले प्रशासनिक कामलाई निरन्तरता दिनु आवश्यक भएको भन्दै उपराष्ट्रपतिले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नु उपयुक्त हुने जनाएको थियो ।
शनिबार अमेरिकाले भेनेजुएलामा आक्रमण गरेर राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रण लिएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पले अब भेनेजुएलामा अमेरिकाले नै सरकार चलाउने बताएका छन्।