काठमाडौँ
००:००:००
२३ पुष २०८२, बुधबार

२० पुष २०८२
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो। गेट्टी इमेज
अ+
अ-

काठमाडौँ। अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएर राजधानी काराकासबाट बाहिर निकाल्यो।

मादुरोलाई अमेरिकी हेलोकोप्टरबाट न्युयोर्क पुर्‍याइएको दाबी गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा मादुरोको तस्बिर सेयर गर्दै लेखेका छन्, “निकोलस मादुरो यूएसएस इवो जिमामा सवार छन्।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकोलस मादुरोको यो तस्बिर सामाजिक सञ्जालमार्फत सेयर गरेका हुन्।

‘यूएसएस इवो जिमा’ अमेरिकी नौसेना जहाज हो। त्यसपछि मादुरोलाई क्युबा हुँदै न्यूयोर्क लगिएको थियो। न्यूयोर्क आइपुगेपछि, उनलाई अमेरिकी औषधि प्रवर्तन प्रशासन (डीईए) कार्यालयमा लगिएको थियो।

त्यसपछि मादुरोलाई म्यानहट्टनको डीईए कार्यालयबाट ब्रुकलिनको मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा स्थानान्तरण गरिएको थियो।

भेनेजुएलाका राष्ट्रपति लागुऔषध र हतियारको आरोपमा सोमबार अदालतमा उपस्थित हुने अपेक्षा गरिएको छ। उनले आफू लागुऔषध कार्टेलको नेता भएको अस्वीकार गरेका छन्। -बीबीसी