नाइजेरिया । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा किसान र माछा बोकेको डुङ्गा पल्टिँदा कम्तीमा २६ जनाको नदीमा डुबेर मृत्यु भएको छ भने १४ जना बेपत्ता भएका छन् ।
शनिबार राति जिगावा राज्यबाट योबे राज्यतर्फ जाँदै गरेको डुङ्गा दुर्घटनामा परेको जानकारी योबे राज्यको आपतकालीन व्यवस्थापन निकायका कार्यकारी निर्देशक मोहम्मद गोजेले दिए ।
“आपतकालीन स्वयंसेवक र उद्धार टोलीले अहिलेसम्म २६ जनाको शव फेला पारेको छ,” उनले भने । अन्य दुघृटनामा परेका अन्य १४ जना हराइरहेको उनले बताए ।
घटनापछि तेह्र यात्रुलाई उद्धार गरिएको र हराइरहेकाको खोजी कार्य जारी रहेको उनले बताए ।
नाइजेरियामा जलमार्गमा हुने डुङ्गाको प्रयोग र किसानहरूले माछा मार्न नदीमा गर्ने आवतजावतका क्रममा नदीहरूमा दुर्घटनाहरू सामान्य मानिन्छन् ।
प्रायः अत्यधिक भार, सुरक्षा नियमहरूको पालना नगर्दा र कमजोर र पूराना डुङ्गाहरूमा हुने पारबहन गतिविधिका कारण डुङ्गा दुर्घटना हुने भए पनि पिडितहरूले यसलाई आफ्नो भाग्यको खेलसँग चित्त बुझाउने गरेका पाइन्छ ।
देशका जलमार्गमा हुने विभिन्न दुर्घटनामा बर्सेनि सयौँकोे मृत्यु हुने गरेको छ ।