काठमाडौँ
००:००:००
२३ पुष २०८२, बुधबार

२१ पुष २०८२
अ+
अ-

काठमाडौँ। प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारा फेटा गाउँपालिका ३ घर भई भारत मोतिहारी लालाटोल बस्ने २८ वर्षीय रविकुमार श्रीवास्तव छन्। नक्कली नोट छाप्ने मेसिनसहित उनलाई बाराबाट आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

श्रीवास्तवलाई बीआर०५एएफ २५११ नम्बरको मोटरसाइकलमा आउँदै गर्दा बारामा पक्राउ गरिएको प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए। उनी भारतबाट नक्कली नोट छाप्ने मेसिन, कम्प्युटर, प्रिन्टिङ मेसिनसहित नेपाल छिरेका थिए।

वृत्त बौद्ध र जिल्ला प्रहरी कार्यालय बाराको संयुक्त टोलीले श्रीवास्तवलाई पक्राउ गरेको थियो। उनको साथबाट पाँच सय दरका भारु ३१७ थान, प्रिन्टर, नक्कली पेस्तोल, माउस, मनिटर, नोट छाप्ने २५५ थान कागज बरामद गरिएको छ।

यसअघि प्रहरीले गोकर्णेश्वर नगरपालिका ८‚ अत्तरखेलबाट एक हजार दरका ९३ थान नोटसहित ६ जनालाई पक्राउ गरेको थियो। पक्राउ परेका व्यक्तिहरूसँग सोधपुछ गर्दा श्रीवास्तवको समेत संलग्नता खुलेको थियो।