काठमाडौँ
००:००:००
२३ पुष २०८२, बुधबार

२१ पुष २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल भारत भ्रमणमा छन्। उनी नेपाली समाज भारतको आयोजनामा सोमबार भएको ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’ मा सहभागी बने।

कार्यक्रममा दाहालले प्रवासी नेपालीका साझा मुद्दा, आगामी निर्वाचनको महत्त्व तथा नेपाल-भारत सम्बन्धलाई थप मजबुत बनाउने विषयमा आफ्ना विचार प्रस्तुत गरेको उनको सचिवालयले जनाएको छ।

कार्यक्रमको अध्यक्षता रामबहादुर डाँगीले गरेका थिए। कार्यक्रममा नेपाली समाज भारतका महासचिव आरबी खड्का‚ उपाध्यक्ष नारायण बञ्जाडे‚ उषा थापा, राजु केसी, नागेन्द्र ढकाल, रवि कुमार, कमला शर्मा, नारायण बीके, नवराज सेढाईं, शोभाराम रसाइली, मानु श्रेष्ठ, ठाकुर भुसाललगायतको उपस्थिति थियो।

यस्तै प्रवासी नेपाली एकता मञ्चका उपाध्यक्ष वेदप्रकाश भण्डारी, नबल केसी, अर्जुन दयाल, बेल पुन, राधा आर्याल‚ पार्टीका नेता-कार्यकर्ता, विभिन्न संघ-संस्थाका प्रतिनिधि, कलाकार, पत्रकारलगायत भारतका विभिन्न राज्यबाट आएका हजारभन्दा बढी प्रवासी नेपालीको उपस्थिति थियो।

सहभागीहरूले प्रवासी नेपालीका अधिकार, सम्मान, एकता, संगठन सुदृढीकरण तथा भविष्यका कार्यदिशाका विषयमा छलफल गरेको नेपाली समाज भारतका महासचिव आरबी खड्काले जानकारी दिए।