काठमाडौँ
००:००:००
२२ पुष २०८२, मंगलवार

२१ पुष २०८२
अ+
अ-

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला चार हजार छ सय रुपैयाँले वृद्धि भएको हो।

यससँगै आज स्थानीय बजारमा सुन प्रतितोला दुई लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला दुई लाख ६० हजार चार सय रुपैयाँ रहेको थियो, जुन दिन सुनको मूल्य २ हजार १ सय रुपैयाँले घटेको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला १८५ रुपैयाँले वृद्धि भई चार हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको छ।