काठमाडौँ
००:००:००
२३ पुष २०८२, बुधबार

२१ पुष २०८२
अ+
अ-

काठमाडौँ। मधेस प्रदेशका विभिन्न जिल्लामा धार्मिक सम्प्रदायबीच आपसी सद्भाव कायम गर्न विभिन्न तीन आयोगले संयुक्त रूपमा अपिल जारी गरेका छन्।

मधेसी‚ थारू र मुस्लिम आयोगले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै सबै धार्मिक सम्प्रदायबीच सद्भाव र मैत्री कायम गर्न भनेका हुन्।

“नेपाली समाज सदियौंदेखि आपसी सद्भाव, सहिष्णुता र एक-अर्काप्रति सम्मान कायम गर्दै विभिन्न जातजाति, भाषाभाषी, संस्कृति, धर्म एवं सम्प्रदाय एक-आपसमा मिलेर बसेको समाज हो‚” संयुक्त विज्ञप्तिमा भनिएको छ‚ “तर केही समययता तराई मधेसका केही स्थानहरुमा धार्मिक सहिष्णुतामा खलल पार्ने क्रियाकलाप देखिएकाले सबै धार्मिक सम्प्रदायबीच आपसी सद्भाव र मैत्री कायम गर्न सम्बद्ध सबैमा संयुक्त रूपमा हार्दिक अपिल गर्दछौं।”

मधेसीसहितका आयोगसँग गृहमन्त्रीको छलफल‚ हिंसा भड्किन नदिन आग्रह

सामाजिक सद्भावका लागि संयुक्त अपिल गर्नेमा मधेसी आयोग‚ थारू आयोग र मुस्लिम आयोग छन्।

सरकारले सोमबार मात्रै धार्मिक सद्भाव कायम राख्ने गरी विशेष योजना लागू गर्न प्रशासन र प्रहरीलाई निर्देशन दिएको छ । गृहमन्त्री ओमप्रकाश अर्याल र गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले २१ जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूसँग भर्चुअल बैठक गरी सामाजिक र सांस्कृतिक सद्भावमा खलल गर्ने जो-कसैलाई पनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।

यो पनि…

गृहमन्त्रीको अपिल- आपसी सद्भाव खलबल्याउने गतिविधि नगरौँ