काठमाडौँ
००:००:००
२३ पुष २०८२, बुधबार

२१ पुष २०८२
सर्वोच्च अदालत। तस्बिर : विक्रम राई
अ+
अ-

काठमाडौं। काठमाडौँ महानगरपालिकासँग सम्बन्धित फोहोर बिर्सजनबारे सर्वोच्च अदालतले परमादेश जारी गरेको छ।

न्यायाधीशहरू हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले काठमाडौँ महानगरमा फोहोर व्यवस्थापनको जिम्मेवारीलाई लिएर परमादेश जारी गरेका हुन्। सर्वोच्चले लिखित फैसला लेख्न समय लाग्ने जनाएको छ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले ल्यान्डफिल साइटको समस्या समाधान नगरेको भन्दै सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका थिए। त्यसपछि वरिष्ठ अधिवक्ता पदमबहादुर श्रेष्ठले प्रधानमन्त्री कार्यालयले काठमाडौं महानगरपालिकासँग तत्काल समन्वय गरी फोहोरसम्बन्धी दिगो समाधान गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए।

तत्कालको सन्दर्भ सकिएकाले रिट खारेज भई परमादेशको आदेश जारी भएको छ, तर कुन विषयमा परमादेश आउँछ भन्ने फैसलाको पूर्ण पाठ नै कुर्नुपर्ने रिट निवेदक वरिष्ठ अधिवक्ता श्रेष्ठले बताए। रिट दर्ता भएको तीन दिनपछि सिंहदरबारको फोहोर उठाउन सुरु गरेको थियो। सर्वोच्चले तत्कालै महानगरपालिकालाई सिंहदरबारको फोहोर उठाउन अन्तरिम आदेश जारी गरेको थियो।