काठमाडौँ
००:००:००
२२ पुष २०८२, मंगलवार

२१ पुष २०८२
फाइल तस्बिर।
अ+
अ-

वीरगन्ज। धनुषाको कमला नगरपालिकामा भएको तोडफोडलाई लिएर पर्साको वीरगन्जमा पनि विरोध सुरु भएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकाका मुख्य क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज (पुस २१ गते) दिउँसो १ बजेदेखि अर्को सूचना जारी नभएसम्म उक्त क्षेत्रमा कुनै पनि प्रकारको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।

प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम आदेश जारी गरेको जनाएको छ। निषेधाज्ञा लागु भएको क्षेत्रको चारकिल्ला पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर-हाउस चोक र दक्षिणमा शंकराचार्य गेट तोकिएको छ।