काठमाडौँ
००:००:००
२३ पुष २०८२, बुधबार

२१ पुष २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभापति स्वर्णिम वाग्लेलाई आगामी आर्थिक वर्षको बजेट लेख्न निर्देशन दिएका छन्।

राष्ट्रिय सभागृहमा सोमबार आयोजित बृहत् एकता तथा समायोजन कार्यक्रममा उनले उत्साही हुँदै भने‚ “यहाँको उत्साहले मलाई यति भन्न प्रेरित गरेको छ‚ स्वर्णिम वाग्ले यहीँ हुनुहुन्छ। उहाँले अबको बजेट लेख्न सुरु गर्नुस्। नेता र एउटा पार्टीका रूपमा हामीले गर्नुपर्ने काम गर्छौं। देशलाई निकास दिन‚ कुशासन र भ्रष्टाचार हटाउन आवश्यक सबै कदम चाल्छौँ।”

लामिछाने जेलमा परेपछि संकटमा परेको रास्वपालाई अहिले बालेन्द्र (बालेन) शाह र कुलमान घिसिङको प्रवेशले उत्साही बनाएको छ। उनले रास्वपाको वास्तविक कार्यसम्पादन अझै देखिन बाँकी रहेको जिकिर गरे।

यो पनि…

निर्वाचन नै मुलुकलाई निकास दिने माध्यम हो : रवि लामिछाने

सहकारी ठगीका नाममा आफूमाथि प्रतिशोध भएको बताउँदै उनले आफू त्यस्तो बाटोमा नलाग्ने बताए। “हामी काम गरेर देखाउँछौँ, तर प्रतिशोधका आधारमा होइन‚” लामिछानेले भने‚ “प्रतिशोधको शृंखला मैले नख्खु कारागारमै छोडेर आएको छु। ममाथि अझै दबाब छन्‚ तर चिन्ता लिएको छैन। जेलबाटै पनि भ्रष्टाचारविरुद्ध बोल्ने मान्छे हो म।”