बुटवल। रुपन्देहीको बुटवल उपमहानगरपालिका १० स्थित पूर्व-पश्चिम राजमार्गमा ड्युटीमा रहेका ट्राफिक प्रहरी हवल्दारको आज (सोमबार) साँझ गाडीको ठक्करबाट मृत्यु भएको छ।
बुटवल रामनगर, धागो कारखानानजिकै राजमार्गमा ड्युटीमा रहेका ट्राफिक प्रहरी हवल्दार नागेश्वर पालको बाग्मती प्रदेश १-०३३-च००७७ नम्बरको क्रेटा कारको ठक्करबाट मृत्यु भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ।
ठक्कर दिने कार र चालक गुल्मी रेसुंगा नगरपालिका १ का ५६ वर्षीय दीपेन्द्रसिंह थापालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।