काठमाडौँ
००:००:००
२३ पुष २०८२, बुधबार

२१ पुष २०८२
फाइल तस्बिर।
अ+
अ-

काठमाडौँ। नेकपा एमालेले भोलि (मंगलबार) केन्द्रीय सचिवालयको बैठक बोलाएको छ।

एमालेका सचिव भानुभक्त ढकालले समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन र पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठक तयारीबारे छलफल गर्न बैठक डाकिएको जानकारी दिए।

उनका अनुसार बैठक मंगलबार बिहान ९ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय बस्नेछ। एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक यही २७ देखि २९ पुसमा काठमाडौँमा बस्ने भएको छ।