काठमाडौँ। आगामी १ माघदेखि मण्डला थिएटरमा कविता कन्सर्ट हुने भएको छ। ‘बजारका कविता’ शीर्षकमा हुन लागेको कन्सर्ट रङ्गकर्मी एवं कवि अनुप न्यौपानेले आयोजना गर्न लागेका हुन्। दुई वर्षपहिले पनि अनुपले कविता कन्सर्ट गरेका थिए।
कन्सर्टमा अनुपले आफ्ना कविता वाचन गर्ने र मेलिना राई, विराज बास्कोटा, समीर भट्टराईको कलात्मक प्रस्तुति रहने जनाइएको छ।
अनुपले वाचन गर्ने कवितालाई सङ्गीत भरेर रोचक बनाइनेछ। जसमा सङ्गीततर्फ सौरभ चालिसे, सुदीप खतिवडा, रचना घिसिङ र निकोल्सन महर्जनले सहयोग गर्ने कवि न्यौपानेले जानकारी दिए।