काठमाडौँ। नेपाली कांग्रेस मुख्यालयबाहिर प्रदर्शनरत कार्यकर्ताले नेताहरूलाई कार्यालय प्रवेश गर्न अवरोध गरेका छन्।
प्रदर्शनरत कार्यकर्ताले पार्टीलाई बन्दी बनाउन नहुने भन्दै नाराबाजीसमेत गरेका छन्। यस क्रममा केही नेतासँग प्रदर्शनरत कार्यकर्ताको बाझाबाझसमेत भएको छ।
आज बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकका लागि नेताहरू वैकल्पिक गेटबाट पार्टी कार्यालय प्रवेश गरिरहेका छन्। बिहान ११ बजे हुने भनिएको बैठक १ बजेका लागि सरे पनि अहिलेसम्म सुरु हुन सकेको छैन।
हेर्नुहोस् नेपाल फोटो लाइब्रेरीले खिचेका थप तस्बिर :
