काठमाडौँ
००:००:००
२३ पुष २०८२, बुधबार

२२ पुष २०८२
अ+
अ-

पर्सा। तनावपछि पर्साको वीरगन्जमा सोमबार साँझ ६ बजेबाट लगाइएको कर्फ्यु हटाइएको छ।

मंगलबार भएको सर्वपक्षीय पाँचबुँदे सहमतिपछि वीरगन्जको कर्फ्यु हटाइएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचनामा उल्लेख छ।

स्थानीय प्रशासनले आज साँझ ६ बजेसम्म कर्फ्यु समय थपेको थियो।

“…सर्वदलीय/सर्वपक्षीय बैठकमा भएको सहमति एवं हाल जिल्लाको शान्ति सुरक्षाको व्यवस्था सुदृढ हुँदै गएको, नागरिकको स्वतन्त्र आवागमन, व्यापार व्यवसायलगायतको गतिविधि निर्वाध रूपमा गर्न दिई जीवनयापन सहज गर्नुपर्ने समेतका कारण मिति २०८२/०९/२२ गते अपराह्न ३:३० बजेदेखि लागु हुने गरी उक्त कर्फ्यु आदेश हटाइएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ‚” प्रजिअ दाहालद्वारा जारी सूचनामा उल्लेख छ।