काठमाडौँ
००:००:००
२३ पुष २०८२, बुधबार

२२ पुष २०८२
अ+
अ-

काठमाडौँ। वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले दिनानुदिन बढेको वायुप्रदूषण नियन्त्रणका लागि तुरुन्त कार्ययोजना बनाउन निर्देशन दिएका छन्।

मातहतका कर्मचारी र सम्बन्धित मन्त्रालयलाई उनले मंगलबार निर्देशन दिएका हुन्। काठमाडौं उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६ को उच्चस्तरीय समन्वय समितिको बैठकमा उनले वायुप्रदूषण नियन्त्रणमा काम गर्न भनेका हुन्। “बैठकमा ललितपुर र काठमाडौं महानगरका प्रतिनिधिले वायु गुणस्तर सुधार्न गरिएको तयारी सुनाउनुभयो,” मन्त्री चौलागाईंले भने, “मन्त्रालयहरुसँग अहिलेसम्म कुनै पनि कार्ययोजनै नभएको पाइयो। आउने या अर्को साता पुनः बैठक डाक्ने र त्यसमा सबैले आफ्नो योजनाका साथ आउन निर्देशन दिएँ।”

२०७६ को कार्ययोजनाले वन तथा वातावरणमन्त्रीको अध्यक्षतामा एक समन्वय समिति रहने उल्लेख छ। जसमा वन तथा वातावरण, अर्थ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात, उद्योग, वाणिज्य तथा आपूर्ति, खानेपानी, ऊर्जा जलस्रोत तथा सिँचाइ, स्वास्थ्य तथा जनसंख्या, राष्ट्रिय योजना आयोग, बागमती प्रदेशस्तरीय उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिवहरू सदस्य हुन्छन्।

यसैगरी काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू सदस्य हुन्छन्। वातावरण विभागका महानिर्देशक सदस्य-सचिव हुन्छन्।