कोलम्बो। श्रीलङ्काको उत्तर-पश्चिमी प्रान्तमा अवैध रूपमा बनाइएको विषाक्त मदिरा सेवन गर्दा पाँच जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार मदिरा पिएलगत्तै तीन जनाको मृत्यु भएको थियो। अन्य दुई जनाको भने उपचारको क्रममा मृत्यु भएको थियो। प्रहरीले घटनाको अनुसन्धान जारी रहेको बताएको छ।
श्रीलङ्कालीहरूले प्रयोग गर्ने मदिराहरूमध्ये करिब ४० प्रतिशत अवैध रहेको र यसको विषाक्तताका कारण स्वास्थ्य जटिल जोखिम आउने गरेको आधिकारिक तथ्याङ्कले देखाएको छ। श्रीलङ्काका मदिरामा मुख्य रूपमा मेथनोल वा पाराक्वाटको प्रदूषणका कारण अवैध मदिरासँग सम्बन्धित सामूहिक विषाक्तता र मृत्युका धेरै घटना भएको त्यहाँको प्रहरीको तथ्यांक छ।