काठमाडौँ
००:००:००
२३ पुष २०८२, बुधबार

२२ पुष २०८२
अ+
अ-

काठमाडौं। ‎नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री उमेशप्रसाद यादव जनता समाजवादी पार्टी (जसपा), नेपालमा प्रवेश गरेका छन्।

मंगलबार केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेता यादवलाई पार्टीमा स्वागत गरेका हुन्।

उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए। त्यतिबेला प्रचण्ड नेतृत्वको सरकारमा उनी सिंचाइ मन्त्री समेत बनेका थिए।