काठमाडौँ। काठमाडौं महानगरको भ्रष्टाचार मुद्दामा प्रदीप परियारलगायत सात जनाले सफाइ पाएका छन्।
विशेष अदालतले काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सातजनालाई मंगलबार सफाइ दिएको हो। न्यायाधीशहरु नारायणप्रसाद पौडेल, हेमन्त रावल, उमेश कोइरालाको इजलासले परियारसहित सात जनालाई सफाइ दिएको हो।
२८ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको बसुन्धरादेखि म्हैपीसम्मको ढल निर्माणको ठेक्कामा भ्रष्टाचार भएको आरोप लगाउँदै मुद्दा दर्ता गरेको थियो। अख्तियारले महानरका दशौँ तहमा कार्यरत अधिकृतहरूलाई जनही चार करोड ३१ लाख बिगो, जरिवाना मागदाबी गर्दै मुद्दा दर्ता गरेको थियो।


