काठमाडौँ
००:००:००
२३ पुष २०८२, बुधबार

२२ पुष २०८२
अ+
अ-

काठमाडौँ। विश्वकै दुर्लभ एक सिंगे गैंडाको संरक्षणमा नेपालले पछिल्लो समय उदाहरणीय सफलता हासिल गरिरहेको छ। सन् २०२१ मा नेपालमा भएको गैंडा गणनामा चितवनमा ६९४ गैंडा थिए। देशभर गरे ७५२ गैंडाको गणना भएको थियो।

नेपालले सन् २०३० सम्म गैंडाको संख्या दोब्बर बनाउने लक्ष्य लिएको छ। त्यसका लागि सरकारीस्तरबाट विभिन्न प्रयास भइरहेका छन्।
यद्यपि, केही समयदेखि गैंडा मर्ने क्रम बढेकोले लक्ष्यमा पुग्न सहज बाटो भने देखिँदैन।

यसबीच नारायणी नदी किनारमा विरैले देखिने गैंडाको दृश्य कैद भएको छ। एक भाले, एक आमा गैंडा र उनको बच्चासँगै नदी किनारमा घुमिरहेका थिए।

त्यसबीच प्रकृतिमा रम्दै भाले र पोथी गैंडाबीच प्रजनन क्रिया सम्पन्न भयो। करिब दुई घण्टासम्म चलेको प्रजनन प्रक्रियाको दुर्लभ तस्विरहरु नेपालको गैंडा बढाउन गरिँदै आएका प्रयासको साक्षी बन्न सक्छ।

नेपालमा सन् २०२१ पछि गैंडा गणना भएको छैन। पछिल्लो समय नेपालमा गैंडाको संख्या बढ्दो क्रममा रहेकोले गणना गर्नुपर्ने माग बढ्दो छ।