काठमाडौँ
००:००:००
२४ पुष २०८२, बिहीबार

२२ पुष २०८२
अ+
अ-

काठमाडौँ। नेपाली क्रिकेटका स्टार शेर मल्ल बागबजारको गौतम एजुकेसन एन्ड भिसा सर्भिसेसको ब्रान्ड एम्बेस्डरमा आबद्ध भएका छन्।

क्रिकेटर मल्ल र गौतम एजुकेसनबीच आइतबार औपचारिक सम्झौता भएको हो।

खेलप्रेमीमाझ लोकप्रिय क्रिकेटर मल्ल अहिले लुम्बिनी लायन्समा आबद्ध छन्। बलिङमा रहस्यमय शैली, चुस्त फिल्डिङ र पावर हिटिङ क्षमताका कारण उनी चर्चित छन्।

गौतम एजुकेसनका सीईओ इन्द्रजित गौतमले शेर मल्ल जस्तो सुपरस्टार खेलाडीसँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको बताए।